Like us!
Follow us!
Connect us!
Watch us!

सर्वसाधारणको लगानी डुबाउने ७० भन्दा बढी कम्पनीहरु

सोमबार, ०९ फागुन २०७३, १३ : १६ मा प्रकाशित

सर्वसाधारणको लगानी डुबाउने ७० भन्दा बढी कम्पनीहरु

अर्थ संसार 
काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अहिलेसम्म दुई सय २१ कम्पनि सूचीकृत रहेकोमा ७० भन्दा बढीको कारोबार हुँदैन । तिनीहरूमध्ये कतिपय नेप्सेको सम्पर्कमै छैनन् भने केहिले नवीकरण शुल्क नबुझाएको कारण कारोबार रोक्का गरिएको छ । 

वित्तिय अवस्था कमजोर भइ नेपाल राष्ट्र बैंकले समस्याग्रस्तको सूचीमा राखेका फाइनान्स एवं विकास बैंक र मर्जरमा गएका संस्थाको पनि कारोबार हुँदैन । सूचीकरण शुल्क नबुझाएको कारण बुटवल स्प्रिङ्ग मिल्स र फ्ल्योर हिमालयन लिमिटेडको कारोबार स्थगित गरिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए ।

नेप्सेमा बुटवल स्प्रिङ्गको १३ लाख ६ हजार ६९३ कित्ता र  फ्ल्योर हिमालयनको दुईलाख ६२ हजार १०२ कित्ता शेयर सुचिकृत थिए । राष्ट्र बैंकले समस्याग्रस्त सूचीमा राखेका नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स (४३ लाख २० हजार कित्ता), सम्झना फाइनान्स (२ लाख २५ हजार कित्ता), कुबेर मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स (१५ लाख कित्ता), जनरल फाइनान्स (१३ लाख २२ हजार २८० कित्ता), वर्ल्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स (१८ लाख १९ हजार २०० कित्ता), हिमालयन फाइनान्स (१४ लाख कित्ता), क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स (९३ लाख ५० हजार ६९५ कित्ता) र कर्पोरेट डेभलपमेन्ट बैंक (२० लाख कित्ता) शेयर सूचीकरणबाट आउट भएका छन् ।

१० कम्पनी सञ्चालनमै नभएका कारण शेयर कारोबार हुँदैन । यी कम्पनीमा सर्वसाधारणले गरेको लगानी ‘बालुवा पानी’ सरह भएको छ । यसरी डुबेका कम्पनीमा बिराट शु लिमिटेड (१ लाख ६५ हजार कित्ता), हरिसिद्धि ब्रिक्स एण्ड टायल (१ करोड ८६ लाख ५० हजार कित्ता), नेपाल ट्रेडिङ्ग लिमिटेड (५० हजार कित्ता), नेपाल वेल फेयर कम्पनी (४१ हजार कित्ता), ज्योती सिनिङ मिल्स (१२ लाख ७० हजार २८८ कित्ता), भृकुटी पल्प एण्ड पेपर लिमिटेड (३५ लाख कित्ता), गोरखकाली रबर उद्योग (३८ लाख ३३ हजार ४०० कित्ता), नेपाल बनस्पति घ्यु उद्योग (१ हजार २५० कित्ता), नेपाल खाद्य उद्योग (९० हजार कित्ता)  र रघुपति जुट मिल्स (१८ लाख ६ हजार ९६६ कित्ता) छन् । 

नेप्सेको सम्पर्कमै नरहेका कारण अरुण बनस्पति घ्यु उद्योग र नेपाल बिटुमिन एण्ड ब्यारलको कारोबार स्थगित गरिएको छ । यी कम्पनीको क्रमशः पाँच लाख ५० हजार ३४३ कित्ता र दुई लाख १० हजार ६८० कित्ता शेयर नेप्सेमा सुचिकृत थियो । नेप्सेमा सूचीकृत मध्ये २४ कम्पनी मर्जर र एक्वायरमा गएका कारण कारोबार स्थगित गरिएको छ । तीमध्ये केहि कम्पनी मर्जरपछि नयाँ नाममा कारोबारमा आइसकेका छन् भने केही आउने प्रकृयामा छन् ।

मर्जर एक्वायरका कारण कारोबार स्थगित हुनेमा नेपाल फाइनान्स, ग्रान्ड बैंक, काठमाडौँ फाइनान्स, कास्की फाइनान्स, कामना बिकाश बैंक, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, श्री इन्भेस्टमेन्ट फाइनान्स, एभरेस्ट फाइनान्स, बाग्मती डेभलपमेन्ट बैंक, महाकाली बिकाश बैंक, विराटलक्ष्मी विकाश बैंक, कन्ट्री डेभलपमेन्ट बैंक, काक्रेबिहार विकास बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, इनोभेटिभ डेभलपमेन्ट बैंक, प्रोफेसनल दियालो विकाश बैंक, युनिक फाईनान्स, एस डेभलपमेन्ट बैंक, गण्डकी बिकास बैंक र फेवा विकाश बैंक रहेको छलफल साप्ताहिकमा समाचार छ । 

यो पनि पढ्नुहोस्

युनाइटेड मोदी हाइड्रोपावरको १७ लाख २५ हजार कित्ता सेयर साधारण शेयर बजारमा आउँदै 

युवा तथा साना व्यवसायी स्वरोजगार कोष लगायत आधा दर्जन भन्दा बढी कम्पनीमा कर्मचारी आवश्यकता (विज्ञापनसहित) 

चुनावको मिति आज घोषणा होला त ? 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको