Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगारीमा जाने नेपालीको  संख्यामा  वृद्धि ,विप्रेषण सेवामा ह्रास

प्रजना राई

बुधबार, ०६ कार्तिक २०७६, १७ : ११ मा प्रकाशित

वैदेशिक रोजगारीमा जाने नेपालीको  संख्यामा  वृद्धि ,विप्रेषण सेवामा ह्रास

अर्थ संसार,काठमाण्डौ- वैदेशिक रोजगारीमा जाने नेपालीको  संख्यामा वृद्धि भएको छ । भदौ मसान्तसम्मको अवधिमा अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.२५ ले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.०५ ले घटेको थियो । साथै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि १०.३५ ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.८५ ले घटेको थियो ।

नेपाल राष्ट्र बैंकले बुधबार चालु आर्थिक वर्षको २ महिनाको आर्थिक तथा वित्तीय तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म विप्रेषण प्रवाह (रेमिट्यान्स) ०.३५ ले घटेको छ । समीक्षा अवधिमा १ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.४५ ले बढेको थियो । 
 
यता, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.३५ ले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २२.३५ ले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति ०.८५ ले वृद्धि भएर १ खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३४.१५ ले बढेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको