Like us!
Follow us!
Connect us!
Watch us!

बिएसआर मुभिजको पहिलो शाखा बागलुङमा, अत्याधुनिक दुई सिनेमाहल संचालनमा

अर्थ संसार

बुधबार, ०६ कार्तिक २०७६, १७ : २७ मा प्रकाशित

बिएसआर मुभिजको पहिलो शाखा बागलुङमा, अत्याधुनिक दुई सिनेमाहल संचालनमा

अर्थ संसार, काठमाडौं– गोंगबुस्थित बीजीमलमा रहेको बीएसआर मुभिजको पहिलो शाखा बागलुङमा सञ्चालनमा आएको छ । बीएसआर ग्रुपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधासहितको  मल्टिप्लेक्स  सञ्चालनमा आएको हो ।

बीएसआएर मुभिज बागलुङको बुधबार बरिष्ठ कलाकार नीर शाहले उद्घाटन गरे । पहिलाको पूजा चलचित्रम न्दिरलाई भत्काएर बीएसआर गु्रपले धवलागिरी क्षेत्रकै पहिलो अत्याधुनिक सुविधासम्पन्न चार सय २६ सिट क्षमताको सिनेमाहल सञ्चालनमा आएको हो ।

बिहीबारबाट व्यवसायिक रुपमा सञ्चालनमा आउने दुईवटा हलहरु मध्येऔडी–१ मा २०० र औडी–२ मा२२६सिट क्षमता छ ।

थ्रिडी प्रविधिसहित सुरु भएको बीएसआर सिनेमामा चलचित्र हेर्ने दर्शकलाई चलचित्रमा भैरहेका सबै कृयाकलाप वास्तविक जस्तै महसुस गराउने छ । अत्याधुनिक साउण्ड सिष्टममा दर्शकले पर्दामाजुन दिशामा जस्तो वस्तु देखिन्छ सोही दिशाबाट आवाज आएको महसुस गर्न सक्ने् कम्पनीको भनाई छ ।

एसी, डिजिटल सराउण्डिङ साउण्ड सिष्टम, लक्जरी सिटले बागलुङ र आसपास क्षेत्रकादर्शकलाई नयाँ अनुभव दिने बीएसआर मुभिजका निर्देशक राजु गिरीले बताए।

दर्शकले मुभिजको वेबसाइटबीएसआरमुभिज डटकम (www.bsrmovies.com) तथा टेलिफोनबाट सिनेमाको सीटबुकिंङगर्न सक्ने छन् । मल्टिप्लेक्स भित्र कफीशप तथा रेष्टुरेन्ट पनि सञ्चालनमा छन् ।

अन्तर्राष्ट्यिजगतमा प्रचलनमा रहेको पछिल्लो प्रविधि डल्बी अटमस साउण्ड सिष्टम नेपालमा भित्र्याउँदै बीएसआरले दुई वटा अत्याधुनिक सिनेमाहल काठमाडौँको बिजीमलमा विसं २०७३ देखि सञ्चालन गरिरहेको छ ।

 

5db03e2872a72.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको