मङ्गलबार, ०३ मङि्सर २०७६
सन्राइज फस्र्ट म्युचुअल फण्डमा लगानी गर्ने अन्तिम मौका (सिइओको अन्तरवार्तासहित)
बिहिबार, ०७ कार्तिक २०७६

अर्थ संसार, काठमाडौं -सन्राइज क्यापिटलद्वारा व्यवस्थापन गरिने तथा सन्राइज बैंकद्वारा प्रवद्र्धन गरिएको “सन्राइज फस्र्ट म्युचुअल फण्ड”मा आवेदन दिने आज अन्तिम रहेको छ । आश्विन ८ गते देखि खुल्ला यस  इकाई येही कार्तिक ०७गते अर्थात आज बन्द हुँदैछ ।    

सिटिजन्स बैंकका संचालकलाई उत्तम पाठकको कडा चेतावनी-'भोलि जेल जान पर्छ भनेर त्यो बेलाको धरौटी अहिले नै लुट्न पाइदैन' {भिडियोसहित} 

१० वर्षे बन्दमुखी योजनाको १० अकिंतदरको १०,००,००,००० (दश करोड) इकाई मध्ये १५ प्रतिशत अर्थात १,५०,००,००० इकाई कोष प्रबद्र्धक  सन्राइज बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी ८,५०,००,००० (आठ करोड पचास लाख) इकाई  सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गगरिएको हो।

योजना ब्यवस्थापन गर्ने सनराइज क्यापिटलले केयर रेटिङ्ग बाट  AMC ३ रेटिङ्ग प्राप्त गरेको छ ।

योजनाको कोष सुपरिवेक्षकमा पूर्व गृहसचिव  चण्डी प्रसादश्रेष्ठ, पूर्व डेपुटी गभर्नर,कृष्ण बहादुर मानन्धर, नेपाल टेलिकमका पूर्व प्रबन्ध संचालक  बुद्घि प्रसाद आचार्य, वरिष्ट न्यायधि वक्ता पूर्ण मान शाक्य तथा चार्टड एकाउन्टेण्ट सुधिर कुमार शर्मा गरी ५ जना विशिष्ठ अनुभव प्राप्त कोष सुपरिवेक्षकहरुको सुपरिवेक्षणमा संचालन हुनेछ ।

सन्राइज फस्र्ट म्युचुअल फण्डको प्रक्षेपित औषत वार्षिक प्रतिफल २४.२९ प्रतिशत र औषत वार्षिक लाभांश १४ प्रतिशत रहेको छ ।

शेयर बजारमा हुने उतार चढावबाट सिर्जना हुने जोखिमको न्युनिकरणको लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उचित रहने योजना ब्यवस्थापकको धारणा रहेको छ ।
 
यस योजनाको इकाई मा आवेदन गर्नका लागिे आफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा (ASBA) प्रणाली अन्तर्गत साथै मेरो शेयर अनलाइल प्रणाली मार्फत आवेदन दिन सकिने छन्।

सिइओको भिडियो

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved