Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकले २५ लाख कित्ता ऋणपत्र जारी गर्ने

प्रजना राई

विहीबार, ०७ कार्तिक २०७६, १७ : १९ मा प्रकाशित

कृषि विकास बैंकले २५ लाख कित्ता ऋणपत्र जारी गर्ने

अर्थ संसार, काठमाण्डौ -कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले “डिविएल कृषि विकास बैंक लि.२०८३” नामक ७ वर्षे ऋणपत्र जारी गर्ने भएको हो । उक्त ऋणपत्रमा  १०.३५ प्रतिशत व्याजदर भुक्तानी  गर्ने जनाएको छ ।


ऋणपत्र जारी गर्न कृषि विकास बैंक र एनआई विएल एस क्यापिटल बीच सम्झौता भइ आवश्यक प्रक्रिया अगाडी बढी सकेको बैंकले जनाएको छ । ऋणपत्र जारी गर्नका लागि बैंकले नेपाल राष्ट्र बैंक र अन्य नियामक निकायबाट आवश्यक स्वीकृत प्राप्त भइसकेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको