Like us!
Follow us!
Connect us!
Watch us!

बैंकका ५० हजारलाई तालिम दिलाएका सिइओ सञ्जिब सुब्बाले कार्यकाल छँदै दिए राजीनामा

प्रजना राई

शुक्रबार, ०८ कार्तिक २०७६, ०० : १३ मा प्रकाशित

बैंकका ५० हजारलाई तालिम दिलाएका सिइओ सञ्जिब सुब्बाले कार्यकाल  छँदै दिए राजीनामा

अर्थ संसार,काठमाण्डौ-नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) को प्रमुख कार्यकारी अधिकृतबाट सञ्जिव सुब्बाले राजीनामा दिएका छन । उनले  कार्यकाल बाँकी छँदै राजीनामा दिएको  हो । उनको राजीनामा बिहीबार नै सञ्चालक समितिले स्वीकृत गरेको छ ।

सुब्बाले एनबिआइमा ९ वर्ष बिताए ।उनको पहलमा राष्ट्र बैंकले नाफाको ३ प्रतिशत कर्मचारीमा खर्च गर्नु पर्ने ब्यवस्था गरेको थियो । बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी भर्ना गर्ने तर उनीहरुको बृत्तिविकासमा काम नगर्ने भएकोले  उनले सो कदम चालेका थिए  ।

सुब्बाले स्थापनाको सुरुवातबाटै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई ’प्रोफेसनल’ तालिम दिँदै आएका थिए । सुव्बाका पालामा १९ सयभन्दा बढि तालिम कार्यक्रम आयोजना गरेको थियो । एनबिआइले कुल ५० हजार जनालाई तालिम दिइसकेको छ ।
 
सुब्बाले सुरुवातदेखि नै एनबिआइको आम्दानी बढाएर १५ करोड २२ लाख रुपैयाँको कोष खडा गरेका थिए । एनबिआइमा नेपाल राष्ट्र बैंकलगायत विभिन्न बैंक तथा वित्तीय संस्थाको लगानी रहेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको