Like us!
Follow us!
Connect us!
Watch us!

नवनियूक्त राजदुत दाहालको भनाई "स्वदेशी वस्तुको प्रवर्द्धन गर्न अष्ट्रेलियाका निजी क्षेत्रसँग नेपाली निजी क्षेत्रको समन्वय गराउने "

प्रजना राई

शुक्रबार, ०८ कार्तिक २०७६, १२ : ३४ मा प्रकाशित

नवनियूक्त राजदुत दाहालको भनाई "स्वदेशी वस्तुको प्रवर्द्धन गर्न अष्ट्रेलियाका निजी क्षेत्रसँग नेपाली निजी क्षेत्रको समन्वय गराउने  "

अर्थ संसार, काठमाण्डौ- अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतहरुले व्यापार एवं पर्यटन प्रवर्द्धनमा आफु योजनाका साथ लाग्ने बताएका छन् । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले स्वदेशी वस्तु निर्यात गराउन, पर्यटन एवं लगानी भित्राउन पहल गर्न राजदूतहरुलाईं आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्सले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दैं स्पेनका लागि नवनियुक्त राजदूत दावाफुटी शेर्पाले राजदूतको रुपमा आफ्नो पहिलो अनुभव भएको भन्दै उच्च मनोबलका साथ काम गर्ने बताइन् ।

यस्तै अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहालले अष्ट्रेलियासँग सीधा उडानका लागि मूर्तरुप दिन लागिपर्ने बताए । उनले स्वदेशी वस्तुको प्रवर्द्धन गर्न अष्ट्रेलियाका निजी क्षेत्रसँग नेपाली निजी क्षेत्रको समन्वय गराउन पहल गर्नेसमेत बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको