Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले  माग्यो ६७ जना कर्मचारी

प्रजना राई

शुक्रबार, ०८ कार्तिक २०७६, १७ : ०४ मा प्रकाशित

राष्ट्र बैंकले  माग्यो ६७ जना कर्मचारी

अर्थ संसार, काठमाण्डौ- नेपाल राष्ट्र बैंकले ६७ जना कर्मचारी मागेको छ । बैंकले सूचना मार्फत विभिन्न पदमा गरी ६७ जना कर्मचारी माग गरेको हो ।

प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतिय) मा २८ जना, सहायक निर्देशक (अधिकृत तृतिय) लेखा  परिक्षणमा ८ जना र सहायक (सहायक द्धितीय) मा ३१ जना कर्मचारी माग गरको छ ।सहायक निर्देशकमा २१ वर्ष पुरा भइ ३५ वर्ष ननाघेका वाणिज्यशास्त्र, अर्थशास्त्र र व्यवस्थापन वा जनप्रशासनमा स्नातकोत्तर पास गरेका हुनुपर्नेछ ।

त्यसै गरी लेखा र लेखापरीक्षणका लागि सिए, एसिसिए वा सिपिए गरी मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर गरेका २१ देखि ३५ वर्षसम्मका कर्मचारी माग गरिएको हो ।


सहायक द्धितीयमा १८ वर्ष पुरा भएका र ३५ वर्ष ननाघेका, मान्यताप्राप्त शिक्षण संस्थाबाट १ं२ कक्षा उत्तिर्ण गरेको हुनुपर्ने बैंकको सूचनामा उल्लेख छ । महिलाको हकमा भने उल्लेखित पदहरुमा उमेरहद ४० वर्षसम्म कायम गरिएको छ ।
उल्लेखित पदहरुमा कात्तिक २८ गतेसम्ममा आवेदन दिनु पर्नेछ  ।

 

यो पनि हेर्नुहोस् 
 

किन झोकिए लगानीकर्ता प्राइम कमर्सियल बैंकको विशेष साधारणसभामा ?
https://youtu.be/416UP7nET6s

एनसीसीको साधारणसभामा शेयरधनीहरूको चर्को स्वर, आखिर किन ?
https://youtu.be/yOUObwBuEPU

आखिर किन मच्चियो Citizens Bank को साधारण सभामा होहल्ला र खैलाबैला ?
https://youtu.be/PHRc8EVtl4Y

कसरी Sanima Bank ले पारित गर्यो २१.०५ प्रतिशत लाभांश ?
https://youtu.be/15flGAfDxOM

Bank of Kathmandu को साधारणसभामा शेयरधनीको प्रश्नै प्रश्न
https://youtu.be/1rWgMVBSgQA

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको