Like us!
Follow us!
Connect us!
Watch us!

खसी बजारलाई लागेन दशैं

मंगलबार, १८ असोज २०७३, १४ : ४९ मा प्रकाशित

खसी बजारलाई लागेन दशैं


अर्थ संसार
काठमाडौं – दोलाखाका प्रकाश कार्की भृकुटीमण्डपको खसी वजारमा ग्राहक कुरेर वसिरहेका छन् । कतिखेर ग्राहक आउँछन् अनी खसी वेचौला भन्ने छ उनलाई । दशैमा छोराछोरीलाई कपडा किनेर लौजाउला भन्ने सोचका साथ ग्राहक कुरिरहेका थिए । उनले दोलखावाट दशै खर्च वनाउँन ९ वटा खसी लिएर काठमाडौं आएका हुन् ।

उनको ९ वटा खसीमध्ये ४ वटा विक्रि गरिसकेका छन् । उनले ४९ हजारमा ४ खसी वेचेको वताए ।
उनीजस्तै धेरै खसी ब्यापारी ग्राहककै प्रतिक्षामा वसिरहेका थिए । ग्राहक आउँनसाथ आ–आफ्नो खसीबोका देखाउन उनीहरु व्यस्त हुन्छन् ।

दशै नजिकिदै गए पनि खसी वजारलाई दशैले नछोएको व्यावसायीको भनाई छ । टुकुचाको खसिवजार धेरै ग्राहक आउने ठाउँ हो । काठमाडौंमा भएका प्राय सवै मासु पसलमा यहीँबाट खसि लगिन्छ । व्यवसायीले काठमाडौंको टुकुचावाट प्रतिकेजी ४ सय ६५ को दरले विक्रि गरिरहेका छन् ।

 काठमाडौंका वुद्ध खड्गी टुकुचा बजारका ठूला ब्यापारी हुन् । उनले दैनिक १५ देखि २० वटा खसीवोका बेच्दै आएको वताए ।  यतिवेला उनीसंग १ सय २० खसी स्टकमा छन् । उनका अनुसार काठमाडौंमा विक्रि गरिने अधिकांश खसीवोका भारतवाट आयत हुन्छन् । ‘नेपालमा ब्यवसायिक बाख्रा पालन कमै छ । मासु व्यापारीले धेरै मासु पर्ने खासी खोज्ने गर्दछन् ।

नेपालका खासीवोकाको मासु कम हुने भएकाले काटेर वेच्ने व्यावसायीको रोजाईमा पर्देन । भारतवाट ल्याईएको खासीवोकामा मासु धेरै पर्ने भएकाले उतैको खसीको खोजी हुन्छ,’ उनले भने । वजारमा भने नेपालकै खसीवोकाको मासुको माग बढी हुने गरेको छ । नेपालका खसीको मासु स्वादिलो हुने मासु पारखीहरु बताउँछन् ।

यस्तै अर्का सन्तोसवहादुर खत्री पनि १५ वर्षदेखि खसीकै किनबेचमा संलग्न छन् । अरु व्यावसायलाई दशैंले छोए पनि खसीको कारोबार भने खासै नबढेको खत्रीले बताए । उनले पनि ९० प्रतिशत खसीबोका भारतवाटै आयत गर्ने गरेको वताए ।

यता हरिराज भण्डारी खसी छान्न व्यस्त थिए । उनले कपनमा मासु काटेर वेच्ने गरेका छन् । उनले दिनका ३ देखि ४ वोटा खसी काटेर वेच्ने गरेको वताए । टुकुचावाट प्रतिकेजी  ४ सय ६५ मा जिउँदो खसी लैजान्छन् । उनले खाटेर ८ सय रुपैयाँ केजीमा वेचिरहेको वताए ।

नेपालमा उत्पादन भएका खसीवोकाले वजारलाई थोरै पनि नधान्ने भएकाले भारतवाट आयत गर्न वाध्य रहेको चौपाय खरिद विक्रि संघका उपाध्यक्ष सन्तोसवहादुर खत्रीले वताए । खसीबोका मुख्य गरी नेपालगन्ज र सुनौली नाकावाट भित्रयउने गरेको उनले वताए ।

खसीवोका ल्याँउदा वाटोमा ट्रफिक प्रहरीले धेरै दुख दिने गरेको उनको गुनासो छ । वाटो विग्रिएकाले समयमा ल्याईपुर्याउन नसक्दा थप समस्या हुने गरेको छ । प्रहरीले भने ढिलो ल्याईपुर्याएको भन्दै चिट कटाउने गरेको उनको गुनासो छ । संघले यो दशैमा ५० देखि ५५ हजार खसी काठमाडौं भित्राउने लक्ष राखेको उपाध्यक्ष खत्रीले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको