Like us!
Follow us!
Connect us!
Watch us!

ब्रेक्जिट समय थप्न इयू सदस्य राष्ट्रहरूले के गरे ?

मिलन खड्का

सोमबार, ११ कार्तिक २०७६, १९ : ३३ मा प्रकाशित

ब्रेक्जिट समय थप्न इयू सदस्य राष्ट्रहरूले  के गरे ?

अर्थ संसार,ब्रसेल्स- यूरोपेली संघ (इयू) का २७ सदस्य राष्टहरूले बेलायतको इयूबाट हुने बहिर्गमन (ब्रेक्जिट) को मिति तीन महिना थप गर्न सहमत भएका यूरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कले बताउनुभएको छ ।

इयूले बेलायतको अनुरोधमा आगामी बर्षको जनवरी ३१ मा ब्रेक्जिटका लागि मिति तय गरेको सोमबार टस्कले बताउनुभयो ।

इयूबाट बेलायतको बहिर्गमनका लागि जनवरी ३१ सम्मका लागि मिति तय गरेको छ तर यदि बेलायती संसदले ब्रसेल्ससँग प्रधानमन्त्री बोरिस जोनसनले गरेको सम्झौतालाई अनुमोदन गरेमा तोकिएको समय अघि नै पनि बहिर्गमनका लागि सहमत जनाउने छन् ।

“इयूका २७ ले बेलायतको अनुरोधमा सन् २०२० को जनवरी ३१ सम्मका लागि ब्रेक्जिटको समय थप गर्न सहमत भएका छन्,” टस्कले भन्नुभयो ।

उहाँले थप्नुभयो, “सम्बन्धित मुलुकका राजदूतहरूको ब्रसेल्समा हुने भेटपछि सम्भवतः यो निर्णयलाई लिखित प्रक्रियामार्फत् औपचारिकता दिइने छ ।” 

एएफपीले इयूसम्वद्ध स्रोतबाट प्राप्त गरेको सहमति पत्र अनुसार बेलायती प्रधानमन्त्री जोनसनले त्यहाँको संसदलाई मैत्रीपूर्ण बहिर्गमनका लागि आगामी बर्षअघि नलाग्दै अर्थात् नोभेम्बर ३० वा डिसेम्बर ३१ मा गनए विश्वास दिलाउनुहुनेछ । 

बहिर्गमनका लागि यस पहिले तय भएको अन्तिम मिति अक्टोबर ३१ आउनुभन्दा करिब ९० घण्टा पहिले ब्रेक्जिटको मिति थप भएको सूचना बाहिरिएको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको