अर्थ संसार, लण्डन- बेलायतको प्रमुख प्रतिपक्षी लेबर पार्टीले डिसेम्बरमा निर्वाचन गर्नका लागि प्रधानमन्त्री बोरिस जोनसनले गरेको आह्वान सहमत हुने देखिएको छ ।
प्रधानमन्त्रीले डिसेम्बरमा निर्वाचन गर्नका लागि पहल थालेको बताइए पनि मिति भने तय गरिएको छैन ।
लेबर पार्टीका नेता जेरमी कोर्बिनले यूरोपेली यूनियनबाट बेलायतको बहिर्गमनका लागि थप तीन महिनाको मिति बढाउन इयू सहमत भएको अवस्थामा आफ्नो दलले निर्वाचनमा जान तयार हुने सङ्केत गर्नुभएको हो ।
ब्रेक्जिटका लागि थप समयको माग आफ्नो पार्टीको नीति अनुरूप भएको र यसबाट अस्तव्यस्त अवस्थामा मुलुकले बहिर्गमनमा जानुपर्ने अवस्था टरेकोले आफूहरू निर्वाचनमा सहभागी हुने नेता कोर्बिनले बताउनुभयो ।
बेलायतले अहिलेसम्म अनुभव नगरेको वास्तविक परिवर्तनका लागि हामीले अति महत्वाकांक्षी तथा सुधारवादी अभियानमार्फत् कार्यक्रम सार्वजनिक गर्नेछौँ ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस