Like us!
Follow us!
Connect us!
Watch us!

फिल्म 'गुञ्जन'मा नीताको आइटम डान्स

मिलन खड्का

बुधबार, १३ कार्तिक २०७६, १० : ३३ मा प्रकाशित

फिल्म 'गुञ्जन'मा नीताको आइटम डान्स

अर्थ संसार,काठमाण्डौं–द्वन्द निर्देशक अष्ट महर्जनको डेब्यु निर्देशन रहेको फिल्म 'गुञ्जन'मा नायिका नीता ढुंगानाको आइटम डान्स रहने भएको छ ।

फिल्ममा समावेश 'कोही भन्छन् रसिली छु रे' बोलको आइटम गीतमा निताले नृत्य गरेकी हुन् । अमृत मरहथाको शब्द तथा कल्याण सिंहको संगीत रहेको उक्त गीतमा बानिका प्रधानको स्वर रहेको छ ।

पोखरा स्थित म्याट्रिक्स अरिनामा तीन दिन लगाएर छायांकन गरिएको उक्त गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने छायांकन राजेश श्रेष्ठले गरेका हुन् । भिडियोमा नायिका नीता ढुंगाना सहित फिल्मका मुख्य कलाकार सरोज खनाल, प्रितम राज सेञ्चुरी र कविर खड्का फिचर्ड छन् । सो गीतको छायांकन सकिए संगै फिल्मको पोखरा सेड्युल सकिएको छ ।

फिल्मको बाँकि छायांकन काठमाडौँ र दुई गीतको छायांकन जोमसोम अथवा दुवईमा गरिने निर्देशक अष्ट महर्जनले बताएका छन् । फिल्मलाई फागुनको पहिलो हप्ता प्रदर्शनमा ल्याउने तयारी रहेको निर्देशक महर्जनले बताए ।

 

महेश दवाडीको कथा रहेको फिल्ममा कल्याण सिंह संगै अर्जुन पोखरेलको संगीत, राजेश श्रेष्ठको छायांकन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । ए।एच इन्टरटेनमेन्ट प्रा.ली.को ब्यानरमा हिरा कृष्ण शाहीको प्रस्तुती रहेको फिल्ममा हिरा कृष्ण स्वयम र सुनिता शाहीको लगानी रहेको छ ।

5db91674b1db0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको