Like us!
Follow us!
Connect us!
Watch us!

युट्युबमा‘रातो घर’ हिट , फिल्म ट्रेन्डिङमा (फिल्मको भिडियो सहित )

मिलन खड्का

बुधबार, १३ कार्तिक २०७६, १८ : ५२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–फिल्म ‘रातो घर’ युट्युबमा  रिलिज गरिएको छ । फिल्मलाई सुरज सुब्बा नाल्बाले निर्देशन गरेका हुन् ।  

फिल्म रातो घर कालो धन्दा गर्नेहरुको कथा हो, जहाँ मेनुका प्रधान, विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, अनुराग कुँवर, भानु प्रताप, उपसना नेम्वाङ, हेमराज बराइली र टेकनम शर्माको अभिनय छ ।  

नेपालको पूर्वी क्षेत्र झापामा हुने अपराधिक क्रियाकलापमाथि आधारित भएर निर्माण भएको ’रातो घर’ मा विल्सनको कमेडी संवादले दर्शकलाई भरपूर मनोरञ्जन दिने जनाइएको छ । ’रातो’ को अंग्रेजी अर्थ डेन्जर हुन्छ । सोहि डेन्जरलाई लिएर फिल्म डेन्जर घर अर्थात ’रातो घर’ नाम राखिएको हो ।

फिल्ममा अभिनय गर्ने कलाकारहरुले जेललाई डेन्जर अर्थात ’रातो घर’ भनेका छन् । मान हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा बनेको ’रातो घर’ का प्रस्तुतकर्ता निकेश लिम्बु हुन् भने विल्सन विक्रम राई निर्माता हुन् । महेश खड्काको शब्द तथा संगीत रहेको ’रातो घर’ मा हरि घले लामाको सिनेमाटोग्राफी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको