Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले सार्वजनिक गर्योे सूचीकृत कम्पनीको वर्गीकरण

प्रजना राई

विहीबार, १४ कार्तिक २०७६, १० : २३ मा प्रकाशित

नेप्सेले सार्वजनिक गर्योे सूचीकृत कम्पनीको वर्गीकरण

अर्थ संसार,काठमाडौँ - नेपाल स्टक एक्सचेन्जले(नेप्से)ले सूचीकृत कम्पनीहरूको वर्गीकरण गरेको छ । नेप्सेले पहिलो त्रैमासिकमा सूचिकृत कम्पनीहरुको वर्गिकरण विवरण सार्वजनिक गरेको हो ।

बिहीबार नेप्सेले दोस्रो त्रैमासको समाप्तिसँगै नयाँ सूची सार्वजनिक गरेको हो । उक्त सूचीमा परेका कम्पनीलाई चित्त नबुझे ३५ दिनभित्र प्रमाणसहित निवेदन दिन सक्ने नेप्सेले सूचना जारी गरेको छ ।

नेप्सेले कम्पनीहरुलाई चार समूहमा वर्गीकरण गर्ने गरेको छ । उसले गरेको वर्गीकरणमा समूह ’क’मा सनराइज बैंक मात्रै परेको छ । समूह ’ख’मा म्याग्दी पावर कम्पनी परेको छ । समूह ’ग’मा ३६ कम्पनी परेका छन् भने ’घ’मा एक सय १६ कम्पनी परेका छन । सूचीकृत वर्गीकरणको प्रावधान अनुसार कम्पनीहरु वर्गीकरणमा परेका हुन ।

धितोपत्र सूचीकरण नियमावली,२०७५ को विनियम ११ मा सूचीकृत संस्थाको वर्गीकरण गर्नुपर्ने व्यवस्था छ । सोहि व्यवस्था अनुसार नेप्सेले प्रत्येक त्रैमासको समाप्तिसँगै वर्गीकरण गरी सूची सार्वजनिक गर्ने गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको