Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिक लघुवित्तले ३३ प्रतिशत लाभांश  दिने

प्रजना राई

विहीबार, १४ कार्तिक २०७६, १६ : ०२ मा प्रकाशित

सामुदायिक लघुवित्तले ३३ प्रतिशत लाभांश  दिने

अर्थ संसार,काठमाडौं -सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ३३.६८ प्रतिशत लाभांश दिने भएको छ । कात्तिक ८ गते बसेको संचालक समितिको बैठकले ३२ प्रतिशत बोनस र १.६८ प्रतिशत नगद गरी कूल ३३.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०७५ ७६ को नाफाबाट सेयरधनीलाई हालको चुक्ता पुँजीको सो मात्राको दरले लाभांश वितरण गर्ने प्रक्रिया अघि बढाएको हो । साथै, संस्थाले चुक्ता पुँजीको २ बराबर १ को अनुपातमा(५० प्रतिशत) हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश र हकप्रद सेयर नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी हुने साधारण सभाले पारित गरेपश्चात सेयरधनीले सो लाभांश पाउनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको