Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई हुन अगाडी जनता बैंकले दिने भो यस्तो ब्याज, कर्जा लिँदा कति ?

मिलन खड्का

शुक्रबार, १५ कार्तिक २०७६, १५ : ०० मा प्रकाशित

ग्लोबल आइएमई हुन अगाडी जनता बैंकले दिने भो यस्तो ब्याज, कर्जा लिँदा कति ?

अर्थ संसार, काठमाडौं–जनता बैंकले एक सूचना निकाल्दै आफ्नो  नयाँ ब्याजदर सार्वजनिक गरेको छ। जनताले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज रहेको छ ।

बैंकको बचतमा बैंकले अधिकतम ६.५० प्रतिशत ब्याज दिने जनाएका छन् ।  जनता बैंकलको हाल २० वटा बचत खाता सञ्चालनमा छ । 

सूचना मार्फत  जनता बैंकले असोज मसान्तसम्मको आधार दर सार्वजनिक गरेको छ । बैंकको असोज मसान्तको आधार दर १०.१३ प्रतिशत छ । बैंकबाट ऋण लिनेले १६.१३ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ । बैंकबाट ऋण लिँदा टर्म लोन, हाउजिङ लोन, अटो लोन, शैक्षिक धितो कर्जा, सेयर धितो कर्जा लिँदा बैंकमा १६.१३ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।

5dbbf87012de6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको