Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद शेयर आउँदै

अर्थ संसार

सोमबार, १८ कार्तिक २०७६, ०८ : १० मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद शेयर आउँदै

अर्थ संसार, काठमाडौं- लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले कात्तिक २४ गतेदेखि १० बराबर २ अनुपातमा हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १७ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

सो हकप्रद शेयरमा असोज २७ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम साबिक शेयरधनीले आवेदन दिन सक्नेछन् । निष्कासन बन्द मंसिर २९ गते हुनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिबिआइएल क्यापिटल लिमिटेड रहेको छ ।

सेयरधनीले सिबिआइएल क्यापिटल, डिल्लीबजार, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासन तथा बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको