Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा, यस्तो छ आरोप

अर्थ संसार

सोमबार, १८ कार्तिक २०७६, १५ : ५९ मा प्रकाशित

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा, यस्तो छ आरोप

अर्थ संसार, काठमाडौं –वित्तीय अनियमितताको आरोप लागेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन् ।

राष्ट्र बैंकको सोमवार बसेको सञ्चालक समितिको बैठकले उनको छानबिनको लागि समिति गठन गरेपश्चात उनी निलम्बनमा परेका हुन् ।तर उनी पदमुक्त भएका होइनन् । छानविन समितिले दोषी ठहर गरेमा उनलाई स्पष्टीकरणको मौका दिई बर्खास्त गर्ने सकिने प्रावधान छ । 

सोमवारको बैठकले ३ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ । छानबिनका लागि १ महिनाको समय दिइएको राष्ट्र बैंक स्रोतले बतायो । श्रेष्ठ २०७२ फागुनमा ५ वर्षे कार्यकालका लागि डेपुटी गभर्नर नियुक्त भएका थिए ।

यस्तो छ आरोप

डेपुटी गभर्नर श्रेष्ठलाई खराब कर्जा लुकाउन सहयोग गरेको, सर्वोच्च अदालतले फैसना नगर्दै विदेशबाट ल्याएको पैसा निकाल्न सहयोग गरेको तथा एनसेलको कर छलीमा सहयोग गरेको आरोप लागेको छ । यस्तै, उनीमाथि सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी सूचना संकलन गर्न प्रयोग गरिने सफ्टवेयर चल्न नदिन भूमिका खेलेको आरोप पनि लागेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको