Like us!
Follow us!
Connect us!
Watch us!

बैकिङ कसुर मुद्दाका दोषी जेल चलान

अर्थ संसार

मंगलबार, १९ कार्तिक २०७६, १९ : ५१ मा प्रकाशित

बैकिङ कसुर मुद्दाका दोषी जेल चलान

अर्थ संसार,काठमाडौं- बैकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका दुई जनालाई आज कारागार चलान गरिएको छ ।

अदालतको आदेशमा कसुर प्रमाणित भई फरार हुँदै आएका हेटौँडाका सञ्जय पोखरेल र लक्ष्मीदेवी पोखरेल आज कारागार चलान भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

'शेयरधनीको सुझावलाई एक एक गरी कार्यान्वयन गछौं' -बोधराज देवकोटा, नायव-प्रमुख कार्यकारी अधिकृत, सिटिजन्स बैंक लि.(भिडियोसहित) 

 बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७१ साल मङ्सिर २१ को फैसलाले सञ्जयलाई तीन वर्ष कैद र रु एक करोड ९५ लाख २६ हजार जरिवाना तथा लक्ष्मीदेवीलाई रु ७९ लाख २२ हजार जरिवाना र दुई वर्ष कैद तोकेको थियो ।

 विसं २०६७ फागुन २५ गते क्रिष्टल फाइनान्स थापाथलीबाट जग्गा धितो राखी आफूखुशीरुपमा जग्गाको अस्वाभाविक मूल्याङ्कन गराई कर्जा दुरुपयोग गरेको अभियोगमा अदालतले उक्त कैद तथा जरिवाना हुने फैसला गरेको हो ।

 सिआइबीको टोलीले उक्त सजाय बेरुजु रही फरार रहेका सञ्जयलाई कात्तिक १७ गते काठमाडौँको गौशालाबाट पक्राउ गरी आज जिल्ला अदालत काठमाडौँमा र लक्ष्मीदेवीलाई पर्साको वीरगञ्जबाट पक्राउ गरी आज जिल्ला अदालत पर्सामा बुझाएको थियो । उनीहरुलाई आजै अदालतले कैद भुक्तानीका लागि कारागार चलान गरेको पाण्डेले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको