Like us!
Follow us!
Connect us!
Watch us!

सन्राइज बैंकको ऋणपत्र आजदेखि, अर्धवार्षिक भुक्तानी हुने गरी १० .२५% ब्याज

अर्थ संसार

बुधबार, २० कार्तिक २०७६, ०८ : ३९ मा प्रकाशित

सन्राइज बैंकको ऋणपत्र आजदेखि, अर्धवार्षिक भुक्तानी हुने गरी १० .२५% ब्याज

अर्थ संसार, काठमाडौं- सन्राइज बैंकले आज (२० कात्तिक)देखि ३ अर्ब रुपैयाँबराबरको
ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ मूल्य तोकेको ऋणपत्रको भुक्तानी अवधि ७ वर्ष रहेको छ । निष्कासन छिटोमा २४ कात्तिकमा र ढिलोमा १९ मंसिरसम्म खुला रहनेछ ।

सिद्धार्थ क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक रहेको बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण हुनुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जासमेत लिन सकिनेछ । ऋणपत्रमा वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर तोकेको बैंकले अर्धवार्षिक रूपमा यसको भुक्तानी गर्ने भएको छ ।

बैंकले निष्कासनको तयारी गरेको ३ अर्बको ऋणापत्रमध्ये १२ लाख कित्ताबराबरको १ अर्ब २० करोड रुपैयाँको सर्वसाधारणका लागि तथा १८ लाख कित्ताबराबरको १ अर्ब ८० करोड रुपैयाँको ऋणपत्र परिपत्र विधिबाट संस्थागत रूपमा बिक्री गर्ने जानकारी बैंकले दिएको छ ।

उक्त ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताका लागि आवेदन गर्न पाउनेछन् । व्यक्तिगत रूपमा बिक्री गरिने ऋणपत्रमा अधिकतम सीमा नलाग्ने बैंकले जानकारी दिएको छ ।

रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो ऋणपत्रलाई ए माइनस रेटिङ दिएको छ । यस्ता वित्तीय उपकरण कम जोमिखयुक्त मानिन्छ । केयरले बैंकको वित्तीय दायित्व पूरा गर्ने क्षमताका आधारमा यो ऋणपत्रलाई सुरक्षामा मध्यम रहेको उल्लेख गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको