Like us!
Follow us!
Connect us!
Watch us!

लोपोन्मुख जडिबुटी फेला

मंगलबार, १० फागुन २०७३, ११ : ३८ मा प्रकाशित

लोपोन्मुख जडिबुटी फेला

अर्थ संसार 
बनेपा– काभ्रेपलाञ्चोकको राष्ट्रिय तथा सामुदायिक वनमा लोपोन्मुख र सङ्कटापन्न जडिबुटी फेला परेका छन् । 

महाभारत शृङ्लाडाँडापारिका गाविसका अधिकांश सामुदायिक वन र राष्ट्रिय वनमा त्यस्ता लोपोन्मुख जडिबुटी फेला परेको जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकका वन अधिकृत प्रेम खनालले जानकारी दिए । 

खासगरी ओखर, लौठसल्ला, जटामसी, सतुवा, सतिसाललगायत जडिबुटी काभ्रेपलाञ्चोकका लागि लोपोन्मुख तथा सङ्काटापन्न अवस्था रहेको मानिएका छन् । “प्राकृतिक रुपमा भएको दोहन र वन डढेलोका कारण जडिबुटी सङ्काटापन्न अवस्थामा छन्” जिल्ला वन अधिकृत खनालले भने । 

उनले जडिबुटी संरक्षणका लागि सामुदायिक वनलाई निःशुल्क रुपमा जडिबुटी वितरण र जडिबुटीसम्बन्धी उद्योगमा अधिकतम रु १० लाखसम्म अनुदान दिइने जानकारी दिए ।  

जिल्लामा दुई सय नौ प्रजातिका विभिन्न जडिबुटी छन् । तीमध्ये ८१ वटाको मात्र पहिचान भएको जिल्ला वन कार्यालय, धुलिखेलले दिएको तथ्याङ्कमा उल्लेख छ । जडिबुटी मानव समुदायका लागि औषधिका रुपमा प्रयोग हुँदै आएको छ रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको