Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताले पत्याएनन् सिर्जना फाइनान्सको हकप्रद, आवेदन दिने समयावधि १५ दिन थप

अर्थ संसार

विहीबार, २१ कार्तिक २०७६, ०९ : १३ मा प्रकाशित

लगानीकर्ताले पत्याएनन् सिर्जना फाइनान्सको हकप्रद,  आवेदन दिने समयावधि १५ दिन थप

अर्थ संसार, काठमाडौं - सिर्जना फाइनान्स लिमिटेडको हकप्रदमा आवेदन दिने समयावधि थप भएको छ । असोज १७ गतेदेखि विक्रीमा आएको कम्पनीको हकप्रदमा आवेदन दिने अन्तिम दिन कात्तिक २१ लाई तोकेको थियो । कम्पनीको हकप्रदमा पूर्ण आवेदन नपरेपछि समयावधि १५ दिन लम्ब्याएको हो । अब यस हकप्रदमा मंसिर ६ गतेसम्म आवेदन दिन सकिने भएको छ । 

कम्पनीले असोज ५ गतेसम्मका कायम शेयरधनीहरुका लागि १० बराबर ६ को प्रतिकित्ता रू। १०० मा २७ लाख ६४ हजार ६२२ कित्ता हकप्रद शेयर जारी गरेको थियो । कम्पनीको विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू ४६ करोड ७ लाख ८२ हजार छ ।  हकप्रद शेयर वितरणपछि पूँजी रू ७३ करोड ७२ लाख ५१ हजार पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको