Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय शासकहरूको ‘ठुल्दाइ प्रवृत्ति’को कारण नाकाबन्दीको पीडा नेपाली जनताले अझैं बिर्सिसकेका थिएनन्

विहीबार, २१ कार्तिक २०७६, ११ : २७ मा प्रकाशित

भारतीय शासकहरूको ‘ठुल्दाइ प्रवृत्ति’को कारण नाकाबन्दीको पीडा नेपाली जनताले अझैं बिर्सिसकेका थिएनन्

भूमण्डलीकृत विश्वमा एक्लो टापु बनेर बाँच्न नेपाललाई पनि सम्भव छैन । देश समृद्धिको यात्रामा बामे सर्न शुरू गरेको छ । समृद्धिको प्रथम पूर्वाधार भौतिक पूर्वाधारको निर्माण नै हो । जसको लागि विदेशी पुँजीको लगानी अपरिहार्य जस्तै छ । महादेशीय आकारका दुई शक्तिशाली छिमेकीहरू नेपालमा लगानी गर्न खुट्टा उचालेर बसेकै देखिन्छ । छिमेकीहरूको लगानी हामीले ल्याउनै पर्छ । तर आफ्नो राष्ट्रहितलाई शिरमा राखेर मात्र ।

भारतीय शासकहरूको ‘ठुल्दाइ प्रवृत्ति’को कारण नेपाली जनता भारतीय शासकहरूप्रति कहिल्यै सकारात्मक बन्न सकेका छैनन् । पछिल्लो पटक दुई वर्षअघि मोदीले मधेसलाई उचालेर नेपालमाथि नाकाबन्दी गरेपछि नेपाली जनता असन्तुष्ट मात्र होइन आक्रोशित बने ।

नाकाबन्दीको पीडा नेपाली जनताले बिर्सिसकेका थिएनन् । जनता चाहन्थे, मोदीले नेपाली जनतासामु माफी मागुन् । र, आइन्दा भूपरिवेष्ठित छिमेकीमाथि नाकाबन्दी नगर्ने बाचा गरुन् । भारतले हाम्रो आन्तरिक मामिलामा अनावश्यक चासो नदेखाओस्, हस्तक्षेप नगरोस् । सन् १९५० लगायत असमान सन्धिसम्झौताहरू खारेज गरोस् ।

सत्ता बाहिर हुँदा ‘भारतीय बिस्तारवाद’ सत्तामा गएपछि उसैको ‘चाकडी र आशिर्वाद’ भन्ने आरोपबाट कोहि पनि अछुतो रहनुसक्नु भएन । पक्कै पनि झिनामसिना कामहरू धेरै भएका होलान् । तर इतिहास निर्माण झिनामसिना कामले हुँदैन । साहसिक निर्णयले मात्र हुन्छ । साहसिक निर्णय गर्ने अवसर अझै बाँकी छ । असमान सन्धिसम्झौताहरू खारेज गरी देशको हितानुकूल नयाँ सन्धिसम्झौताहरू गर्न सके साँच्चैं राष्ट्रवादी नेताको रूपमा युगौंयुग बाँच्न सक्ने थिँए।

साँच्चै भन्ने हो भने मातृ ऋण चुकाउन संभव छैन । सायद यसैले होला, हामी आफ्नो देशलाई पितृभूमि नभनेर मातृभूमि भन्छौं । हाम्रा लागि माता तथा मातृभूमि समान महत्वको हुनाले आफ्नी आमालाई र मातृभूमिलाई उत्तिकै सम्मान गर्छौं । तर निष्ठुर सन्तानहरूका कारण घरपरिवारमा आमा संकटमा परे जस्तै हाम्रा राजनीतिक नेतृत्व वर्गको अदुरदशिॅता र स्वार्थका कारण हाम्रो मातृभूमि पनि संकटमा पर्दै गइरहेको छ ।

यतिबेला हाम्रो आमालाई हाम्रो जरुरत परेको छ । अगिपछी घरझगडा हुनु सामान्य नै हो जब सत्रुहरुले आक्रमण गर्न थाल्छन् तब भाईहरु नमिल्नुको बिकल्प हुदैन। आउनुहोस मिलेर अगाडि बढौ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको