मङ्गलबार, ०३ मङि्सर २०७६
सिभिल बैंकको लाभांश घोषणा
बिहिबार, २१ कार्तिक २०७६

अर्थ संसार, काठमाडौं– सिभिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।   बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ६.५७ प्रसिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
 
नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण सुरु गरिनेछ । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँ रहेको छ । बैंकले यही पुँजीबाट ५२ करोड ५८ लाख २२ हजार ७०१ रुपैयाँ नगद वितरण गर्न लागेको हो ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved