Like us!
Follow us!
Connect us!
Watch us!
कालापानी र लिपुलेकबारे सरकारले निकालेको विज्ञप्ती अमान्य, भारतले बुझ्नेगरि अंग्रेजीमा सार्वजनिक गर्नुपर्छ

नाकाबन्दीमाझैं केपी ओलीले फेरि नायकत्वको भूमिका खेल्नुपर्छ, जनताको पूर्ण साथ र सहयोग रहन्छ:ई. कँडेल

मिलन खड्का

विहीबार, २१ कार्तिक २०७६, १६ : ४२ मा प्रकाशित

नाकाबन्दीमाझैं केपी ओलीले फेरि नायकत्वको भूमिका खेल्नुपर्छ, जनताको पूर्ण साथ र सहयोग रहन्छ:ई. कँडेल

अर्थ संसार,काठमाडौं- पब्लिक ईनोभेटर ई. दिपेन्द्र कँडेलले लिपुलेक र कालापानीबारे नेपाल सरकारले निकालेको विज्ञप्ती अधुरो र अपुरो भएको भन्दै आलोचना गरेका छन् । 

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कँडेलले नेपाल सरकारले सिमाजस्तो संवेदनशील विषयमा पनि नेपाल सरकार हल्का रुपमा प्रस्तुत भएको गुनासो पोखे । उनले भने,‘नेपाल सरकारले हिजो साँझ निकालेको विज्ञप्ती नेपाली जनतालाई झारा टार्न खोजिएको छ, यो अमान्य हो । भारतले बुझ्नेगरि अंग्रेजीमा विज्ञप्ती निकाल्नुपर्छ ।’

उनले सरकारमात्रै नभएर सरकारी अधिकारी, राजनीतिक दलका नेताहरु, मन्त्री, पूर्वमन्त्री, नागरिक समाजका अगुवा, सिमाविद जोसुकैले पनि यसबारेमा बोल्दा भारत सरकारले बुझ्ने भाषामा बोल्नुपर्ने सुझाए । उनले भने,‘नेपाली जनताको मन जित्नको लागि मात्रै खोक्रो राष्ट्रवादी बन्न आफ्नो फेशबुक र ट्विटरमा लेखेर वा भाषण गरेर हुँदैन् । सिधै भारत सरकारलाई मेन्शन गरेर अंग्रेजीमा बोल्नुपर्छ ।’

कँडेलले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र कांग्रेस नेता गगन थापाको नामै लिएर उनीहरुको अभिव्यक्ति भारतसामू निरीह रहेको र नेपाली जनताको अगाडिमात्रै नायक बन्न खोजेको आफूले पाएको टिप्पणी गरे । उनले भने,‘बाबुरामजी र गगनजीले बरु नेपालीभन्दा संस्कृत भाषामै विरोध जनाएको भए राम्रो हुन्थ्यो ।’ उनले नेपाल सरकारको कदम र प्रेस वक्तव्य कुरेर बस्नुभन्दापनि प्रत्येक सच्चा राष्ट्रवादी र देशभक्त नेपालीहरुले सिधै भारत सरकारको विरुद्धमा आफ्नो अभिव्यक्ति दिन सक्नुपर्ने पनि धारणा राखे । 

कँडेलले थपे,‘कोही पनि नेताहरुले अब सरकारको निर्णय र कदम कुरेर बस्नुभएन । सरकारले यसो गर्नुपर्यो, उसो गर्नुपर्यो भनेर भन्नुहुँदैन् । रविन्द्र मिश्रजीको साझा पार्टीले पनि सरकारको धारणा र कदम कुर्नुभएन । उसो त, कांग्रेसपनि हिजो सरकारमा थियो । बाबुरामजी प्रधानमन्त्री बन्नुभएकै थियो । त्यतिवेला पनि यो समस्या थियो । घट्ना हाम्रो लागि नौलो थिएन । भारतले नक्शा पो आज सार्वजनिक गर्यो । तर, १९६२ देखि लिपुलेकमा आफ्नो सेना राखिरहेको छ । भारतीय सेना हटाउनेबारे त्यतिवेलाका सरकारले किन बोलेनन् । म प्रश्न गर्न चाहन्छु ।’

त्यस्तै, कँडेलले भारतको पछिल्लो कदम केपी शर्मा ओलीको सरकार ढाल्ने षड्यन्त्रको रुपमा पनि आफूले लिएको उल्लेख गरे । उनले भने,‘अन्तर्राष्ट्रिय शक्तिहरुले अहिले ओली सरकार ढाल्नको लागि षड्यन्त्र गरेको गन्ध मैले पाएको छु, सम्माननीय प्रधानमन्त्री ओलीज्यूले नाकावन्दीको बेला देखाएको राष्ट्रिय नायकत्वको भूमिका फेरि देखाउने बेला भएको छ । अब जनताको साथ लिनुपर्छ । यसको लागि उहाँ सडकमा आउनुपर्छ ।’

कँडेलले भारतले नेपालको सार्वभौमसत्तामाथि धावा बोलेको भन्दै उक्त कदम आफूलाई कुनैपनि हालतमा सह्य नहुने चेतावनी दिए । उनले भने,‘भारतको पछिल्लो कदमबारे म निकै दुःखी छु । लिपुलेक र कालापानीबारे सदियौंदेखि विवाद रहँदै आएको छ भन्ने कुरा साँचो हो । तर, यो विवाद द्धिपक्षीय कुटनीतिक माध्यमबाट हल गरिनुपर्छ ।’ कँडेलले आफ्नो अभिव्यक्ति अंग्रेजीमा एक विज्ञप्ती प्रकाशन गर्दै सार्वजनिक गरेका हुन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको