Like us!
Follow us!
Connect us!
Watch us!

QFX सिनेमाजको नयाँ मल्टिप्लेक्स भक्तपुरमा

मिलन खड्का

शुक्रबार, २२ कार्तिक २०७६, ११ : ०८ मा प्रकाशित

QFX सिनेमाजको नयाँ मल्टिप्लेक्स भक्तपुरमा

अर्थ संसार, भक्तपुर-नेपालको नं १ सिनेमा चेन QFX सिनेमाजले भक्तपुरमा आफ्नो पहिलो मल्टिप्लेक्स ठिमीको भाटभटेनीमा लन्च गरेको छ । रिगल सिनेमाज् प्रा. लि. को लगानी रहेको यस हलमा Team Quest को व्यवस्थापन रहनेछ । नयाँ निर्माण गरिएको थिएटर भक्तपुरको ठिमी स्थित भाटभटेनी सुपरमार्केटको पाँचौं तल्लामा रहेको छ ।

थिएटरमा Depth Q 3D technologyको प्रयोग गरिएको छ जुन आफ्नो क्षेत्रमा विश्वव्यापी लिडरको रुपमा रहेको छ यसका साथै तीनवटै स्क्रिनहरुमा Dolby ATMOS  Sound Technology   प्रयोग गरिएको छ जसले Enhanced Sound Quality प्रदान गर्छ जसको फलस्वरुप दर्शकहरुले उत्तम अडियो सहितको पूर्ण तथा उत्कृष्ट अनुभव गर्नुहुनेछ ।

नयाँ मल्टिप्लेक्समा Christie Projection System पनि रहेको छ जसले पिक्सेलहरुको समायोजन गरी Optimal image quality प्रदान गर्छ जसले गर्दा दर्शकहरुले सबैभन्दा enhanced cinematic experience गर्न सक्नेछन् । पहिलो पल्ट QFX सिनेमाजको थिएटरमा Recliner Seat हरुको व्यवस्था गरिएको यो नयाँ मल्टिप्लेक्समा जम्मा ७०२ सिट क्षमता रहेको छ जसमध्ये ४० वटा Recliner Seat   रहेका छन् । 

QFX सिनेमाजले नयाँ चेनमा आफ्नो मोबाइल एप र Loyalty Program “Goji” पनि जारी राखेको छ साथै Cashless Transactions को लागि अनलाइन Ticketing सुविधा पनि उपलब्ध रहेको छ ।

यो नयाँ मल्टिप्लेक्समा Kitchen सहितको Food Court मा ताजा खानाहरु पनि उपलब्ध हुनेछ । नयाँ मल्टिप्लेक्सको इन्टेरियर निकै नै आधुनिक तथा एलिगेस्ट रहेको छ । यो नयाँ तीन स्क्रिनको मल्टिप्लेक्स संचालन संगै QFX सिनेमाजको जम्मा स्क्रिन संख्या २३ पुगेको छ । रिगल सिनेमाज् प्रा. लि. ले नेपालका दुई अरु लोकेशनहरुमा पनि चेन विस्तार गर्ने घोषणा गरेको छ जसमध्ये बुटवलको भाटभटेनी सुपरमार्केटमा २ स्क्रिनहरु  र विराटनगरको भाटभटेनी सुपरमार्केटमा २ स्क्रिनहरु पनि तुरुन्तै संचालनमा आउनेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको