अर्थ संसार, काठमाडौं-मेगा  बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको  छ । मेगाले एक सूचना मार्फत  सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज दिने छ। 
बचतमा भने बैंक मेगा बैंकले बचतमा अधिकतम ६.५% प्रतिशत ब्याज दिने जनाएको छ । हाल मेगा बैंकको २३  वटा बचत खाता सञ्चालनमा छन् । जसमा अधिकतम ६.५ % र न्यूनतम ५%  प्रतिशत ब्याज रहेको छ ।
यो सूचना अनुसार यो दरहरु  कार्तिक २० गते बाट लागु हुनेछ। बैंकले यसै सूचना मार्फत आधारदर पनि सार्वजनिक गरेको छ ।बैंकको आधार दर १०.१९% प्रतिशत रहेको छ । 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस