मङ्गलबार, ०३ मङि्सर २०७६
यो साता नेप्सेमा १ करोड ९१ लाख कित्ता सूचिकृत
शुक्रबार, २२ कार्तिक २०७६

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता १ करोड ९१ लाख १५ हजार ७८०.५६ कित्ता शेयर सूचिकृत भएको छ । 

स्टकको अनुसार एनएमबी बैंक लिमिटेडको शेयर  सूचिकृत भएको हो । एनएमबी बैंकको ओम डेभलपमेन्ट बैंकसँगको मर्जरपपछि शेयर सूचिकृत भएको  हो ।

सूचिकृत सँगै बिहीबारदेखि काराबोर खुल्ला समेत भएको छ । मर्जरपश्चात बैंकको पहिलो शेयर कारोबारको लागि नेपाल स्टक एक्सचेन्जले ३५१ रुपैयाँको कारोबार रेन्ज प्रदान गरेको छ । सोही रेन्जलाई आधार मानेर बिीहबारबाट बैंकको शेयर कारोबार खुल्ला भएको हो ।

 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved