अर्थ संसार, काठमाडौं -काठमाडौँ जिल्ला अदालतले हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वअर्थ राज्यमन्त्री रुप ज्योति श्रेष्ठ र छोरी सुरुचि श्रेष्ठलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको छ ।
न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले आज सो आदेश दिएको हो । यसअघि अदालतले अनुसन्धानका लागि तीन दिन थुनामा राख्ने अनुमति दिएको थियो सो म्याद शनिबार सकिएपछि आज दोस्रो पटक म्याद थपका लागि अदालतमा लगिएको थियो ।
     महानगरीय प्रहरी परिसरको टोलीले व्यवसायी श्रेष्ठको बाबुछोरीलाई बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । व्यक्तिका नाममा दिनुपर्ने जग्गा अर्कै कम्पनी खडा गरी कम्पनीकै नाममा गराएका र सो कम्पनी श्रेष्ठको श्रीमती र छोरीको नाममा रहेको पाइएको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस