अर्थ संसार, काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ६.८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ६.८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५४ करोड १ लाख रुपैयाँ रहेको छ । बैंकले यही पुँजीबाट १७ करोड २७ लाख ३३ हजार २८४ रुपैयाँ नगद वितरण गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस