Like us!
Follow us!
Connect us!
Watch us!

आज मधुमेह दिवस,अल्का अस्पतालमा निशुल्क स्वास्थ्य शिविर

मिलन खड्का

विहीबार, २८ कार्तिक २०७६, १३ : ४८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं- अल्का  अस्पतालले  विश्व  मधुमेह  दिवसका अवसरका  विहिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गरिरहेको छ।   
 
विहान साढे ९ बजेबाट सुरु हुने शिविर अपरान्ह ४ बजेसम्म चल्नेछ।  अस्पताल र काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरको संयुक्त आयोजनामा शिविर भएको हो।

मधुमेह कसरी थाहा पाउने ?कसरी बच्ने ?
 

शिविरको मुख्य विशेषता भनेको र्याण्डम ब्लड सुगर, एचबिएवान सी, ७ दिनदेखि १० दिन सम्मका लागि निशुल्क औषधि बितरण र  २८ दिनभित्र एक पल्ट निशुल्क फलोअप हो।
 
शिविर आयोजना अघि अल्का अस्पतालले सचेतनामुलुक र्याली निकालेको छ। र्याली अल्का अस्पतालबाट जावलाखेल चोक हुदैँ कुमारीपाटी, लगनखेल, मंगलबजार, पुल्चोक हुदैँ पुन अस्पताल परिसरमा नै आएर टुंगिएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको