Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस ग्रुपद्धारा मानव सेवा आश्रमलाई ज्याकेट प्रदान

अर्थ संसार

शनिबार, ३० कार्तिक २०७६, १४ : ३२ मा प्रकाशित

सिटी एक्सप्रेस ग्रुपद्धारा मानव सेवा आश्रमलाई ज्याकेट प्रदान

अर्थ संसार, काठमाडौं-सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ ।

जाडोयाम लाई लक्षित गरि मानव सेवा आश्रममा आश्रित सम्पुर्ण महानुभावहरुलाई जाडोबाट बच्न उक्त ज्याकेट वितरण गरिएको हो ।

उक्त अवसरमा सिटी एक्सप्रेस ग्रुप अन्र्तगतका भगिनी संस्थाहरु मध्ये सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रशासकीय निर्देशक कृष्णराज पौडेल, सिटी एक्सप्रेस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे, र सिटी एक्सप्रेस बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत नारायण बस्नेतद्धारा संयुक्त रुपमा मानव आश्रमका अध्यक्ष रामजी अधिकारीलाई उक्त ज्याकेटहरु एक समारोह बिच हस्तान्तरण गरिएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको