Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इजरायल चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजको स्थापना

मंगलबार, १० फागुन २०७३, १९ : २८ मा प्रकाशित

नेपाल इजरायल चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजको स्थापना

अर्थ संसार 
काठमाडौं– नेपाल र इजरायलबीचको द्विपक्षीय व्यापार, लगानी र अन्य आर्थिक सम्बन्ध विस्तार तथा प्रबद्र्धनका लागि नेपाल इजरायल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको स्थापना भएको छ । नेपालका लागि इजरायली राजदूत महामहिम यरोन मेयरले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा यसको  शुभारम्भ गरेका थिए । 


नेपाल र इजरायलबीच लामो दौत्यसम्बन्ध कायम रहँदै आएको छ, इजरायललाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिनेहरूमध्ये नेपाल पहिलो मुलुक हो । नेपाल र इजरायलबीच १९६० को जुन १ मा कुटनीतिक सम्बन्धको स्थापना भएको थियो । इजरायलले १९६१ को मार्चमा काठमाडौमा आफ्नो राजदूतावास खोलेको थियो ।

नेपाल इजरायल चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजको औपचारिक घोषणा १० फागुन, २०७३ का दिन काठमाडौंको अन्नपूर्ण होटलमा आयोजित कार्यक्रममा गरिएको हो ।
परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतको उपस्थितिमा आयोजित कार्यक्रममा नेपाल इजरायल चेम्बरको घोषणा गरिएको हो ।

नेपाल इजरायल चेम्बर अफ कमर्शको अध्यक्षमा शिशीर भट्ट रहेका छन् । यसैगरी उपाध्यक्षमा रविचन्द्र सिंह, सचिवमा जेआर (सागर) थापा, हेमन्त गोल्छा कोषाध्यक्ष रहेको कार्यसमिति सदस्यमा सन्दीप शारडा र सुदीप आचार्य सदस्य हुनुहुन्छ । अन्य सदस्यहरूमा सुभाशीष थपलिया, प्रकाश डोटेल, लोकेन्द्र कार्की, कपिलदेव रेग्मी, भरतराज आचार्य, निखिल मुरारका, समृद्धि ज्ञवाली, विष्णु पन्थी, सुशील खड्का, किशन अग्रवाल, मणि चौलागाइँ, सिर्जना केसी, अर्जुन धरेल, मोहन लामा, टंकराज आचार्य, वीरेन्द्र पाण्डे, शिव दंगाल र विनय उपाध्याय छन् । 


कार्यक्रम प्रमुख अतिथी इरजायलका कृषिविज्ञ भी हर्मनले इजरायलको पछिल्लो पानीसम्बन्धि प्रविधिको प्रस्तुती गर्नु भएको थियो । उहाँ इजरायलको कृषि र ग्रामीण विकास मन्त्रालयको पूर्व सल्लाहकार छन् । 
नेपाल–इजरालयल चेम्बरले दुवै देशबीच लगानी तथा व्यापार प्रबद्र्धनका साथै प्रविधि तथा सीप हस्तान्तरणमा समेत योगादन पु¥याउने लक्ष्य राखेको छ ।
 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको