Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौंका

अर्थ संसार

आइतबार, ०१ मंसिर २०७६, १० : २३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– सूर्या लाइफ इन्सुरेन्सको ३ लाख ९ हजार ३०२ कित्ता लिलामी सेयरमा आवेदन दिने आज आइतबार (मंसिर १ गते) अन्तिम दिन हो ।

यस इन्सुरेन्सले कात्तिक २४ गतेबाट सर्वसाधारण समूहको २ लाख ८१ हजार ९१२.८ कित्ता र संस्थापक समूहको २७ हजार ३८९.२ कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
 
लगानीकर्ताले संस्थापक सेयरमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यस्तै, सर्वसाधारणमा न्यूनतम १०० कित्ता देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन् । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौं र सूर्या लाइफका कार्यालयहरु वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, कैलाली, सुर्खेत, इटहरीबाट लिलामी भर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको