Like us!
Follow us!
Connect us!
Watch us!

धेरै कर तिर्ने करदाता सिद्धार्थ शमशेर राणा, उत्कृष्ट १५ विधाका करदाता सम्मानित

अर्थ संसार

आइतबार, ०१ मंसिर २०७६, १० : ३५ मा प्रकाशित

धेरै कर तिर्ने करदाता सिद्धार्थ शमशेर राणा, उत्कृष्ट १५ विधाका करदाता सम्मानित

अर्थ संसार, काठमाडौं – गत आर्थिक वर्ष ०७५/७६ मा सवै भन्दा धेरै सिद्धार्थ शमशेर राणाले  तिरेका छन् । राणाले लगातार चौथोपटक धेरै कर तिर्ने करदाता बनेका छन् । ८ कर दिवसको अवसरमा आइतबार बिहान आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री युवराज खतिवडाले १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरेका छन् ।

उत्कृष्ट १५ विधाका करदाता

गत आर्थिक वर्षमा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि परेको छ । त्यसै गरी निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर डाबर नेपालले तिरेको छ । मदिरा र चुरोटबाहेक सबैभन्दा बढी आयकर तिर्नेमा भने जगदम्बा स्टिल अग्रपंक्तिमा छ ।

कृषितर्फ अन्नपूर्ण एग्रो, सहकारीतर्फ छिमेकी लघुवित्त र बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी आयकर तिर्नेमा परेका छन् ।

अर्थमन्त्रालयका अनुसार पर्यटनतर्फ तारागाउँ रिजेन्सी, हृयात र मध्यमस्तरीय करदाताबाट कामना सेवा विकास बैंक बढी कर तिर्नेमा परेका छन् । आन्तरिक राजस्वको कार्यक्षेत्रभित्र रही धेरै आयकर भियस मोरिससले तिरेको छ ।

बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स, स्वास्थ्य तथा शिक्षामा मणिपाल मेडिकल कलेज, सूचना प्रविधिमा वर्ल्ड लिंक र व्यापार व्यवसायमा अग्नि इन्कपोरिटेडले राज्यलाई बढी कर बुझाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको