Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल क्रेडिट एण्ड कमर्स बैंकका ग्राहकहरुले नेपाल मेडिसिटि अस्पतालमा विशेष छुट पाउने

मिलन खड्का

आइतबार, ०१ मंसिर २०७६, ११ : ३० मा प्रकाशित

अर्थ संसार, काठमाडौं- नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडकोे नेपाल मेडिसिटि अस्पतालसँग सम्झौता भएको छ।  

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र नेपाल मेडिसिटि अस्पतालकाबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्याल र नेपाल मेडिसिटि अस्पतालका तर्फबाट महाप्रबन्धक श्री विजय रिमालले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरुले नेपाल मेडिसिटि अस्पतालका सेवाहरुमा विशेष छुट पाउनेछन् । 

बैंकका ग्राहकहरुले  उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२० वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ८१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको