Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोपावरको नाफा १ करोड ३६ लाख

अर्थ संसार

सोमबार, ०२ मंसिर २०७६, १० : ४० मा प्रकाशित

अरुण भ्याली हाइड्रोपावरको नाफा १ करोड ३६ लाख

अर्थ संसार, काठमाडौं – अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०७६–७७ को पहिलो त्रैमाससम्म आइपुग्दा १ करोड ३६ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसले १ करोड ३५ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो नाफा गत वर्षको भन्दा ०।५९ प्रतिशतले मात्र धेरै हो ।
 
सरकारलाई तिर्नुपर्ने रोयल्टी भने ७४३।३१ प्रतिशत वृद्धि भएको छ । वित्तीय विवरणमा भ्यालीले असोज मसान्त सम्ममा २८ लाख ५४ हजार रुपैयाँ रोयल्टी बुझाएको उल्लेख गरेको छ । जबकि गत वर्ष यसै अवधिमा जम्मा ३ लाख ३८ हजार ५१५ रुपैयाँमात्र रोयल्टी तिरेको थियो ।
 
हाइड्रोपावर कम्पनीमा १५ वर्ष पुगेपछि सरकारलाई तिर्नुपर्ने कर तथा रोयल्टी बढ्न जान्छ । १५ वर्षसम्म भने सरकारले विभिन्न छुटहरु दिएको हुन्छ । कम्पनीले बिजुली बेचेर २ करोड ३ लाख ५८ हजार कमाएको छ । यस्तै, अन्य श्रोतबाट हुने आम्दानी ६६ लाख ४१ हजार २० रुपैयाँ छ ।
 
हाल यसको चुक्ता पुँजी ९३ करोड ३० लाख १२ हजार रुपैयाँ छ भने रिजर्भमा ९ करोड १२ लाख रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा यो रिजर्भ कोष कमजोर देखिन्छ । अरुण भ्यालीको प्रतिशेयरआम्दानी ५ रुपैयाँ ८५ पैसा ९वार्षिक० र प्रतिशेयरनेटवर्थ १०९ रुपैयाँ ७८ पैसा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको