Like us!
Follow us!
Connect us!
Watch us!

सोल्टी होटलले घोषणा गर्यो बम्पर लाभांश, नगद र बोनस शेयर कति ? (सूचनासहित)

अर्थ संसार

मंगलबार, ०३ मंसिर २०७६, १६ : ५२ मा प्रकाशित

सोल्टी होटलले घोषणा गर्यो बम्पर लाभांश, नगद र बोनस शेयर कति ? (सूचनासहित)

अर्थ संसार, काठमाडौं– नेपालको होटल व्यवसायको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको सोल्टी होटलले आफ्ना शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । होटलले चुक्ता पूँजीको कूल ११ दशमलव ३१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

त्यस आधारमा शेयरधनीले कूल रु आठ करोड २९ लाख आठ हजार दुई नगद लाभांश प्राप्त गर्नेछन् । यस्तै शेयर लाभांशतर्फ चुक्तापूँजीको १५ प्रतिशत अर्थात् एक करोड नौ लाख ९० हजार १३१ कित्ता शेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।

होटलले आगामी पुस २४ गते वार्षिक साधारणसभा बोलाएको छ । नेपाल स्टक एक्सचेञ्जमा हाल होटलको ७३ करोड २६ लाख सात हजार आठ कित्ता शेयर सूचीकृत छ ।

यस्तै बजार पूँजीकरणका आधारमा होटलको शेयर मूल्य रु १४ अर्ब ९४ करोड ६४ लाख ६९ हजार ६३२ बराबरको रहेको छ । स्टकमा होटल समूहका चार कम्पनी सूचीकृत छन् ।

5dd3cdb8bebf2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको