Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकको नामै लोप भएकोमा शेयरधनीको आक्रोस

अर्थ संसार

बुधबार, ०४ मंसिर २०७६, ११ : ४० मा प्रकाशित

जनता बैंकको नामै लोप भएकोमा शेयरधनीको आक्रोस

केशव नेपाली

अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाल लिमिटेडले १० औं वार्षिक साधारणसभा सोमबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौमा सम्पन्न  गरेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफबाट ६ प्रतिशत  बोनश शेयर तथा ६ प्रतिशत नगद लाभाँशसँगै जनता बैंकलाई ग्लोबल आइएमई बैंकसँग गाभिने विशेष प्रस्ताव पारित गर्यो ।

तर, साधारणसभामा बोल्ने शेयरधनीले ग्लोबल आइएमईसँग मर्जरपछि जनता बैंकको नामै लोप हुने भएको भन्दै आपत्ति जनाएका थिए । आपत्ति जनाउनेमा शेयरधनी शिवप्रसाद पौडेले पनि एक हुन् । साधारणसभामा बोल्दै शेयरधनी शिवप्रसाद पौडले भने– संचालक समितिसँग मेरो एउटा विमति छ, त्यो हो जनता बैंकको नाम ।

२५.५ % लाभांस र जनता बैंकलाई गाभ्ने प्रस्ताव पारितसँगै ग्लोबल आइएमई बैंकको साधारणसभा सम्पन्न (फोटोफिचर) 

मर्जरपछि जनताबैंकको नाम लोप हुन्छ, हजुरहरुले ग्लोबल बैंक र जनता बैंकको नाम मिलाएर ‘जनता ग्लोबल आइएमई बैंक’ वा ‘ग्लोबल जनता आइएमई बैंक’ राख्नु पर्थ्यो । तर, तपाईहरुले त आफ्नो १० वर्षे इतिहासलाई बिर्सुनुभयो ।’  शिवप्रसाद पौडेल जस्तै अर्काे शेयरधनी डमरु बल्लभ घिमिरले पनि नामै लोभ भएकोमा चिन्त व्यक्त गरे । शेयरधनी घिमिरले साधारणसभामा भने– ‘मर्जर राम्रो हो, तर नामै लोप हुन राम्रो हौइन, जनता बैंकपनि कति नाम आएको भए सुनमा सुगन्ध हुनेथियो ।’

साधारणसभा बोल्ने शेयरधनीको प्रश्नमाथि जवाफ दिँदै सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले भने–‘ हामीले नाम भन्दा पनि बैंकको विजनेश र शेयरधनीको भलाईलाई हेरौं’

जनता बैक नेपाल लिमिटेडको १०० कित्ता शेयरलाई ग्लोबल आईएमइ बैक लिमिटेडको ८५ कित्ता (१ः०.८५) शेयर आदानप्रदान अनुपात कायम हुने गरी ग्लोबल आईएमइ बैक लिमिटेडसँगको मर्जर हुनेछ ।

जनता बैंकको साधारणसभा:ग्लोबल आइएमइसँगको मर्जरको प्रस्ताव पारित, शेयर आदानप्रदान अनुपात कति? 

मर्जर पश्चात बन्ने ग्लोबल आईएमइ बैक लिमिटेडको मुलुकको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा उपस्थिति हुनेगरी तयारी भरहेको छ ।


करिव ३०० भन्दा बढीशाखा सञ्जाल, ३२०० कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैक बन्नेछ । मर्जरपश्चात चुक्ता पूँजीकरिव १९ अर्ब, निक्षेप रु. २ खर्ब १३ अर्ब, कर्जा रु. १ खर्ब, ९४ अर्ब भएको सवल र सक्षम बैक बन्ने विश्वास लिईएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको