Like us!
Follow us!
Connect us!
Watch us!

ऋण खोजेर गाउँ विकास गर्दै स्थानीयवासी

बुधबार, ११ फागुन २०७३, १२ : १८ मा प्रकाशित

ऋण खोजेर गाउँ विकास गर्दै स्थानीयवासी

अर्थ संसार

लमजुङ – गाउँ पुग्ने सडक नभएपछि नाल्माका स्थानीयले ऋण गरेर भएपनि आफैं सडक निर्माण गरेका छन् । 

जिल्लाको सदरमुकाम बेँसीसहर–१६ नाल्मा बाख्रेजगतका स्थानीयले रु. १८ लाखको लागतमा बाख्रेजगतदेखि स्यारेसम्मको करिब एक दशमलव पाँच किलोमिटर सडक निर्माण गरेको सडक निर्माण समितिका अध्यक्ष सरिता गुरुङले बताइन्  

“गाउँमा सडक नआउँदा हेपिएको महसुस भयो” अध्यक्ष गुरुङलेभनिन्– “हामी आफैले रकम सङ्कलन गरेर गाउँसम्म मोटर आउन सक्ने बाटो बनायौँ ।” 

सडक ट्र्याक खोल्नका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत जिल्ला विकास समितिबाट रु तीन लाख सहयोग पाएको उल्लेख गर्दै उनले भनिन्  – ती बाहेक रु १५ लाख ऋण खोजेर सडक बनाएको छ । 

“बाटो बनाउँदा रु १५ लाख नगद ऋण लागेको छ, हाम्रो जनश्रमदानको त कुनै हिसाब किताब नै छैन” अध्यक्ष गुरुङले भनिन्– सडक निर्माणमा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो । 

प्रभावकारी काम हुने विश्वास नलागेर एकैचोटी धेरै रकम विनियोजन गर्न नसकिएको बताउँदै सांसद चन्द्रबहादुर कुँवरले भने – स्थानीयको काम प्रशंसनीय भएकाले आगामी वर्षमा आवश्यक रकम विनियोजन गर्न पहल गर्ने छु । 

स्थानीयले सडक निर्माणका लागि गरेको काम उदाहरणीय भएको स्थानीय विकास अधिकारी शेखर पौड्याले बताउछन् । “जिल्लामा उत्कृष्ट काम गर्ने उपभोक्ता समितिलाई सम्मान गर्ने प्रचलन छ” स्थानीय विकास अधिकारी पौड्यालले भने “यो उपभोक्ता समूह पनि सम्मान योग्य छ ।” 

सडक निर्माणको क्रममा ऋण लागेकाले रकम थप गर्न स्थानीयले जिविससँग माग गरेका छन् । स्थानीयले अझै सडक ट्र्याक पूरा नभएको तर ऋण धेरै भएकाले काम अघि बढाउन नसकिएको बताएका छन् । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको