Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिमण्डल फेरबदलका विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक शुरु

मिलन खड्का

बुधबार, ०४ मंसिर २०७६, १३ : ४७ मा प्रकाशित

मन्त्रिमण्डल फेरबदलका विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक शुरु

अर्थ संसार, काठमाडौ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भर्खरै प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । 

आज बिहानका लागि बैठक बोलाइएको भए पनि तयारी नपुगेको भन्दै ढिला गरी बैठक शुरु भएको हो । बैठकमा पार्टी एकताका बाँकी विषय टुङ्ग्याउने र मन्त्रिमण्डल फेरबदलका विषयमा छलफल हुने बताइएको छ । 

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम र रामबहादुर थापा, महासचिव विष्णुप्रसाद पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

 वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य ईश्वर पोखरेल मुलुक बाहिर रहेकाले बैठकमा सहभागी हुनुभएको छैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको