Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ इन्स्योरेन्सको सिटिजन शुभारम्भ जीवन बीमा योजना

मिलन खड्का

बुधबार, ०४ मंसिर २०७६, १४ : ०१ मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सको सिटिजन शुभारम्भ जीवन बीमा योजना

अर्थ संसार, काठमाडौ- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हालसालै प्रचलनमा सिटिजन शुभारम्भ जीवन बीमा योजना ल्याएको छ । कार्तिक २१ गते एक विशेष कार्यक्रमको आयोजना गरी व्यवसायिक शुरुवात गरिएको उक्त बीमा योजनामा हालसम्म ३,००० भन्दा बढी बीमितहरु आवद्ध भएका छन् ।

बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि रु. १०,००० को न्यूनतम बीमाङ्क रकममा बीमा गर्न सकिने यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गरी बीमितहरुलाई आर्थिक सुरक्षा प्रदान गर्दछ । यस योजना मार्फत बीमितले साधारण मृत्युमा बीमाङ्कको डबल रकम एवम् दुर्घटना मृत्युमा बीमाङ्कको तीन गुणा तथा नियमानुसारको बोनस रकम प्राप्त गर्न सक्नेछन् । यसका साथै स्थायी पूर्ण अशक्तता लाभ, बीमाशुल्क छुट लाभ, मासिक आय लाभ, काजक्रिया खर्च सुविधा र ५० लाखसम्मको घातक रोग उपचार खर्च जस्ता सुविधाहरु समेत यो योजनामा उपलब्ध रहेको छ ।

२०७४ कार्तिक देखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नवीनतम जीवन बीमा योजनाहरु ल्याउने क्रममा यसअघि पनि पेन्सनको सुविधा सहितको बीमितको आफ्नै जीवनकालमा बीमाङ्कको डबल प्लस बोनसको व्यवस्था सहितको सिटिजन जीवन सारथी बीमा योजना र उपचार खर्च अब सिटिजन लाईफले गर्छ नारा सहितको सिटिजन क्रिटिकल केयर नामको २० वटा घातक रोग सुरक्षा बीमा योजना प्रचलनमा ल्याएको छ । जस अन्तर्गत सो रोगहरु लागेको सुनिश्चित हुनासाथ रु ५० लाख सम्म कम्पनीले भुक्तानी गर्ने र सो को बिल बिजक नचाहिने कम्पनीले जनाएको छ ।

यसरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी संचालनको छोटो समयमा नेपाली लाइफ इन्स्योरेन्स कम्पनीहरु माझ आफ्नो उपस्थिती सशक्त बनाउन सफल भएको छ । नेपालभर फैलिएको सिटिजन लाइफ इन्स्योरेन्सले १०० वटा कार्यालयहरु मार्फत आफ्ना ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गरिरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको