Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिस्टिलरी शेयरधनी मालामाल, घोषणा गर्यो लाभांश

अर्थ संसार

विहीबार, ०५ मंसिर २०७६, ०८ : ३६ मा प्रकाशित

हिमालयन डिस्टिलरी शेयरधनी मालामाल, घोषणा गर्यो लाभांश

अर्थ संसार, काठमाडौं - हिमालयन डिस्टिलरी लिमिटेडले १९औँ वार्षिक साधारणसभा पुस १ गते बोलाएको छ । कम्पनीले ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५२ दशमलव ६३ प्रतिशत नगद गरी कुल १ सय २ दशमलव ८३ प्रतिशत लाभांश प्रस्ताव सभामा लगेको छ ।

कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजी ५७ करोड ४ लाख ६ हजार पारित गर्नेछ ।

ग्लोबल आइएमई बैंकको साधारणसभा : आखिर के भयो जनता बैंकसँगको मर्जर प्रस्ताव ? (भिडियोसहित) 

कम्पनीको सभाले सहायक कम्पनी हिमालयन मल्टी एग्रो लिमिटेड र हिमालयन फिसरिज लिमिटेडको गत आवको एकीकृत वित्तीय विवरण पारित गर्ने विषय राखेको छ ।

सभाले आवमा ०७४/७५ को नाफाबाट वितरणको प्रतिशेयर ६८ दशमलव ४२ अन्तरिमसमेत अनुमोदन गर्नेछ । वार्षिक साधारणसभाका लागि कम्पनीले मंसिर १५ गते सेयरधनी दर्ता किताब बन्द गर्न लागेको छ । कम्पनीको लाभांशको हकदार हुन र सभामा भाग लिन मंसिर १२ गते बिहीबारसम्म सेयर सदस्य कायम हुनपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको