Like us!
Follow us!
Connect us!
Watch us!

मारुती सिमेन्ट उत्कृष्टतामा १ कदम अगाडि

विहीबार, ०५ मंसिर २०७६, १० : ४२ मा प्रकाशित

मारुती सिमेन्ट उत्कृष्टतामा १ कदम अगाडि

अर्थ संसार, काठमाडौं– मारुती सिमेन्ट आज भन्दा एक दशक अगाडि नेपाली सिमेन्ट जगतमा एउटा महानायकको भूमिका निर्वाह गर्दै नेपालकै पहिलो तथा निजी स्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो ।पूर्वाञ्चलको उदयपुर पहाडी क्षेत्रमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक रोटेरी टेक्नोलोजीको ग्रीनफिल्ड प्लान्टद्वारा सर्वोत्कृष्ट ओ.पि.सी. सिमेन्ट– मारुती सिमेन्टको उत्पादन भइरहेको छ ।

हालै मारुती सिमेन्टले आफ्नो गुणस्तरलाई अझनिखार्दै सर्वोत्कृष्ट गुणस्तरको मापदण्ड पारगर्ने क्रममाएक कदम अघी बढ्दै प्रशंसित सम्मान एन.एस क्वालिटी अवार्ड २०१९ (NS:49/Marked Ordinary Portland Cement द्वारा सम्मानितभएको छ ।

यस अघि कम्पनीले क्लिंकर ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्री वितरणको लागिएन.एस/आई.एस.ओ ९००१ः२०१५ (NS/ISO 9001:2015) र क्लिंकर– क्रशिङ, ग्राइन्डिङ र क्लिंकराइजेशनएवंओ.पि.सि. सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ) को लागिएन.एस/आई.एस.ओ १४००१ः२०१५ ( NS/ISO 14001:2015) द्वारा सम्मानित नेपालकै पहिलो कम्पनी बन्न सफल भएको थियो । यी सम्मानहरुसँगै मारुती सिमेन्ट नेपालकै सर्वाधिक विश्वसनीय ब्राण्डको रुपमा स्थापितभएको छ।

सम्मान ग्रहण गरे लगत्तै कम्पनीका ब्राण्डम्यानेजर राजु श्रेष्ठले भन्नुभयोः “यसको मुख्यश्रेय सम्पूर्ण उपभोक्ता महानुभाव, शुभचिन्तक वर्ग तथा मारुती सिमेन्टसँग आबद्ध सम्पूर्ण सहकर्मीहरुलाई दिन चाहन्छौँ ।

साथै,कम्पनीको तर्फबाट आभार व्यक्तपनि गर्दछौँ र आगामी दिनहरुमा पनि अझदरिलो विश्वासको साथआफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउदै समृद्ध नेपाल बनाउने कार्य दिशामा सदैव अग्रसर रहिरहने छौँ ।”

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको