Like us!
Follow us!
Connect us!
Watch us!

मुआब्जाका लागि बूढीगण्डकी प्रभावितसँग लालपुर्जा मागियो

बुधबार, ११ फागुन २०७३, १२ : ५७ मा प्रकाशित

मुआब्जाका लागि बूढीगण्डकी प्रभावितसँग लालपुर्जा मागियो


 अर्थ संसार 
गोरखा–  बूढीगण्डकी प्रभावितलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको छ । 

पहिलो चरणमा मुआब्जा वितरण गर्न लागिएको गोरखाको घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसका बूढीगण्डकी प्रभावितलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको हो । 

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गोरखामा खाता खोल्ने प्रयोजनका लागि उनीहरुबाट लालपुर्जा सङ्कलन गरिएको छ, मुआब्जा समितिका संयोजक तथा गोरखाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए ।  अहिलेसम्म ९६ जनाको बैंकमा शून्य मौज्दातमा खाता खोलिसकिएको छ । 

बूढीगण्डकी प्रभावितमध्ये ४२ जनाको लालपुर्जा सरकारलाई प्राप्त भइसकेको र ती सबैको नाममा बैंकमा खाता पनि खोलिसकिएको छ” उनले भने “केही दिनमा प्रभावितको खातामा रकम पठाउँछौँ ।” 

आयोजनाको सिउरेनीटारमा रहेको कार्यालयका कर्मचारीलाई जतिसक्दो छिटो प्रभावित बासिन्दाको लालपुर्जा सङ्कलन गर्न र बैंक खाता खोल्न पनि निर्देशन दिइसकिएको प्रजिअ बस्नेतले बताए । 

पहिलो चरणमा तीन गाविसका करिब एक हजार जनालाई मुआब्जा वितरण गर्ने तयारी सुरु गरेपनि ती मध्ये करिब दुई सय जनाले मात्र मुआब्जा पाउँ भन्दै निवेदन दिएका छन् । पुनर्वासको टुङ्गो नलाग्दा मुआब्जाका लागि निवेदन नदिएको बताइएको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको