Like us!
Follow us!
Connect us!
Watch us!

अब सजिलै अष्ट्रेलियन डलर पाइने, माछापुछ्रे बैंकले अष्ट्रेलियन डलर बिक्री गर्न थाल्यो

अर्थ संसार

विहीबार, ०५ मंसिर २०७६, १७ : ३२ मा प्रकाशित

अब सजिलै अष्ट्रेलियन डलर पाइने, माछापुछ्रे  बैंकले अष्ट्रेलियन डलर बिक्री गर्न थाल्यो

अर्थ  संसार, काठमाडौं-माछापुछ्रे बैंकले आफ्नो सेवालाई अझसहज र विस्तार गर्दै अष्ट्रेलियन डलर नगद आयात गरी ग्राहकलाई बिक्रीशुरु गरेको छ ।

हाल बजारमा रहेको अष्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न माछापुछ्रे बैंकले विदेशबाट अष्ट्रेलियन डलर खरिद गरि ग्राहकहरुलाई सटही सुविधा प्रदान गर्न लागेको हो ।

विदेश जाने नेपालीहरुले विदेशको भिसा लागेपछि अधिकतम १,५०० अमेरिकी डलर बराबरको अष्ट्रेलियन डलर साट्न पाउने प्रावधान रहेपनि हाल नेपाली बजारमा देखिएको अष्ट्रेलियन डलरको अभावले अधिकांश नेपालीले सहजरुपमा अष्ट्रेलियन डलर प्राप्तगर्न सकिरहेका छैनन् ।

ग्लोबल आइएमई बैंकको साधारणसभा : आखिर के भयो जनता बैंकसँगको मर्जर प्रस्ताव ? (भिडियोसहित)

सोहि समस्यालाई मध्यनजर गर्दै माछापुछ्रे बैंकले नेपाल राष्ट्र बैंकले तोेके बमोजिम पार्सपोर्ट, भिसा रकन्र्फम एयर टिकट साथमा लिएर आउने ग्राहकलाई काठमाण्डौँ उपत्यकाभित्र रहेका निम्न शाखाहरु मार्फत अष्ट्रेलियन डलर साट्न पाउने सुविधा ल्याएको हो ।

बैंकले काठमाडौं उपत्यका भित्रका शाखाकार्यालयहरु (लाजिम्पाट, पुतलीसडक, नक्साल, नयाँबानेश्वर, पाटन, चावहिल, थापाथली, बालुवाटार, चापागाउँ, बौद्ध, भक्तपुर, न्यूरोड) बाट सहज रूपमा अष्ट्रेलियन डलर उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

माछापुछ्रे बैंकले आफ्ना १४४ वटा शाखाहरु, १३७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा२८१ स्थानमा रहेका सेवा सञ्जालत था १७० वटा एटीएमहरु मार्फत बाट ग्राहक महानुभावहरुमा अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको