Like us!
Follow us!
Connect us!
Watch us!

आन्तरिक पर्यटन मेला फागुन ९ देखि

मिलन खड्का

शुक्रबार, ०६ मंसिर २०७६, १३ : २६ मा प्रकाशित

आन्तरिक पर्यटन मेला फागुन ९ देखि

अर्थ संसार, काठमाडौं–सरकारले देशमा २० लाख पर्यटक भित्र्याउनका लागि नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरेपछि त्यसलाई सघाउ पु-याउन निजी क्षेत्रबाट पनि पर्यटन प्रवद्र्धनका कार्यक्रम शुरु गरिएको छ । यसै सन्दर्भमा गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले ‘पहिला देश, अनि विदेश’ भन्ने मूल नाराका साथ दोस्रो आन्तरिक पर्यटन मेला (डिटीएम २०२०) आगामी फागुन ९ गतेदेखि यहाँ आयोजना गर्ने भएको छ ।

भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना गर्न लागिएको दुईदिने सो मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्य, पर्यटकीय उत्पादन र गतिविधिको प्रदर्शन गरिएको १५० व्यापारिक तथा पर्यटकीय गन्तव्य पहिचान गर्ने स्टल राखिने आयोजक संस्थाले जानकारी दिएको छ ।  

पर्वतारोहणका लागि चाहिने ट्रेकिङ सामग्री, हस्तकला सामग्री, विभिन्न जिल्लाबाट उत्पादित सामग्री, पर्यटकीय होटलका स्टल, ट्राभल, ट्रेकिङ, एयरलाइन्स, प्याकेज टुरका साथै पर्यटन बजारमा सक्रिय सबै पर्यटन व्यवसायी संस्था टान, हान, नाट्टा, सोट्टो, एनएमए, टुर्गान, नाटोज, नारा, नेफा, नेपाल होमस्टे एशोसिएसन,  पाटा नेपाल च्याप्टरलगायत पर्यटकीय प्रतिष्ठानका स्टल रहने गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले बताउनुभयो । मेलाको बाहिरी भागमा देशैभरिका खानाका परिकारहरुको फुडस्टल पनि रहने बताइएको छ ।

 

मेलामा सहभागीहरुले आफूले चाहेको वस्तु, पर्यटकीय जानकारी तथा अन्य सेवा लिनसक्ने र देशका शीर्षनेता, सङ्घीय सरकारका मन्त्री, अन्य उच्चपदस्थ अधिकारी, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्रीसहित विभिन्न राजनीतिक दलका नेता, सांसद, पर्यटनविज्ञ तथा व्यवसायीको उपस्थितिमा उद्घाटन गरिने उक्त मेलामा लाखौँ दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक माधव सुवेदीले जानकारी दिनुभयो ।

गन्तव्य नेपालले गत वैशाखमा पनि पहिलो आन्तरिक पर्यटन मेलाको आयोजना गरेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको