Like us!
Follow us!
Connect us!
Watch us!

"मखमली मखमली" मंसिर १३ गते देखि एकैसाथ देशभर प्रदर्शन हुँदै

मिलन खड्का

आइतबार, ०८ मंसिर २०७६, १२ : २४ मा प्रकाशित

"मखमली मखमली" मंसिर १३ गते देखि एकैसाथ देशभर प्रदर्शन हुँदै

अर्थ संसार, काठमाडौं– नेपाली कथानक चलचित्र मखमली प्रदर्शनमा आउने भएको छ।  येही  मंसिर १३ गते बाट मुलुकभर एकैसाथ प्रदर्शनमा आउने लागेको हो  । 

चलचित्र “मखमली मखमली” मा निर्मात्री, चलचित्र स्क्रिप्ट राइटर तथा गीतकार साबित्रा चिलुवालले यथार्थपरक कथाबस्तुमा नारि बेदनालाइ प्रतिनिधित्व गर्दै र महिलाहरुले भोग्नु परेको दुख पिडालाइ समेटिएको जानकारी गराएकी छिन ।

चलचित्रमा नायक जयकिशन बस्नेतको जोडदार अभिनय रहेको छ भने फरक भूमिकामा मखमली बनेकि नायिका शुभेच्छा थापाको कारुणिक अभिनयले जोसुकैको मन पगाल्न सक्छ ।

यस चलचित्रमा फरक अभिनयमा देखा परेकी नायिका शुभेच्छा थापालाइ गाउले परिवेशमा देख्न सकिन्छ । निर्देशक राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमा, कलाकार सविन बास्तोला, शारदा गिरी कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङ तथा अन्य चर्चित कलाकारहरुको समेत दमदार अभिनय रहेको छ । मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन्।

बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन तथा रामेश्वर हुमागाईको छायाँकन रहेको चलचित्र राजु गिरीले निर्देशन गरेका हुन् ।

समग्र नेपालीहरुको भावनालाइ समेट्दै तयार पारिएको सत्य कथामा आधारित चलचित्र भएको हुँदा चलचित्रलाई सम्पूर्ण नेपालीहरुले मायालाई सिनेमाघर सम्म ल्यौउनेमा फिल्मको यूनिट ढुक्क रहेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको