Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल राष्ट्र बैंकले सोमबार टेजरी बिल बिक्री गर्ने

मिलन खड्का

आइतबार, ०८ मंसिर २०७६, १६ : २३ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले सोमबार  टेजरी बिल बिक्री गर्ने

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले टेजरी बिल बिक्री गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब ८१ करोड ३२ लाख बराबरको टेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टेजरी बिल बिक्री गर्ने जनाएको हो । बैंकले एक सूचनामार्फत टेजरी बिल बिक्री गर्न लागिएको जनाएको हो ।

बैंकले रु दुई अर्ब २३ करोड ३२ लाख बराबरको ९१ दिने अवधिको टे«जरी बिल बिक्री गर्न लागेको हो । उक्त बिल आगामी फागुन १३ गते परिपक्व हुनेछ । यस्तै १८२ दिने अवधिका लागि रु दुई अर्ब ४७ करोड बराबरको बिल बिक्री गर्न लागिएको हो ।

उक्त बिल आगामी जेठ १३ गते परिपक्व हुनेछ । यस्तै ३६४ दिने अवधिका लागि रु ११ करोड बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी मङ्सिर ९ गते परिपक्व हुनेछ । बैंकले यही मङ्सिर २ गते पनि पनि टे«जरी बिल बिक्री गरेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको