अर्थ संसार,काठमाडौँ- उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले मन्त्रालयमा आज सोमबार पदभार ग्रहण गरेका छन्।
उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवलाई मन्त्रालयमा कर्मचारीहरूले स्वागत गरेका थिए।
स्वास्थ्यमन्त्रीका हैसियतमा एक कार्यक्रममा सहभागी हुन दिल्ली गएका यादव स्वदेश फर्कंदा कानूनमन्त्रीका रुपमा फर्किए । यादव दिल्लीमै रहँदा काठमाण्डुमा उनले सरकार छाड्ने चर्चा चलेको थियो ।